सोमबारदेखि अमेरिका-इरान वार्ता सुरु हुँदै

जस नेपाल

१८ साउन २०८३

सोमबारदेखि अमेरिका-इरान वार्ता सुरु हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबार (नेपाली समयअनुसार आज राति) देखि सुरु हुने बताएका छन् । इरानमाथि ठूलो सैन्य कारबाहीको तयारी भइरहेको अवस्थामा त्यसलाई तत्कालका लागि रोक्दै उनले कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रयास अघि बढाएका हुन् ।

आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य कारबाही निकै ठूलो स्तरको हुने दाबी गरे। उनका अनुसार खाडी क्षेत्रका अमेरिकी साझेदार मुलुक र इरान दुवै पक्षबाट वार्ताका लागि आग्रह भएपछि आफूले सैन्य योजना केही समयका लागि स्थगित गरेका हुन् ।

ट्रम्पले इरानमाथि हुने भनिएको सम्भावित आक्रमणको तयारीबारे इरानलाई जानकारी रहेको र त्यसको सम्भावित प्रभावबारे पनि तेहरान जानकार रहेको बताएका छन् । यद्यपि, उनले वार्ता सफल हुने वा त्यसको अन्तिम परिणामबारे कुनै निश्चित प्रतिबद्धता व्यक्त गरेका छैनन् ।

अमेरिकी राष्ट्रपतिका अनुसार सोमबार दिउँसोबाट वार्ता अघि बढ्नेछ । तर वार्ता कुन स्थानमा हुनेछ र अमेरिकी तथा इरानी पक्षबाट प्रतिनिधित्व कसले गर्नेछन् भन्ने विषयमा उनले विस्तृत जानकारी दिएका छैनन् ।

यसअघि शनिबार ट्रम्पले अमेरिका र इरानबीच सम्भावित सम्झौताको प्रारम्भिक ढाँचा तयार हुन सक्ने संकेत गरेका थिए । त्यसपछि उनले इरानमाथि सैन्य कारबाही गर्ने आफ्नो अडानलाई केही समयका लागि नरम बनाएका हुन् ।

वार्ता सुरु हुने घोषणासँगै अमेरिका-इरान तनाव तत्काल सैन्य टकरावमा परिणत हुने जोखिम केही कम भएको देखिएको छ । यद्यपि, दुई देशबीच आणविक कार्यक्रम, प्रतिबन्ध, क्षेत्रीय सुरक्षा र रणनीतिक समुद्री मार्गजस्ता विषयमा रहेको मतभेद समाधान गर्न वार्ता कति प्रभावकारी हुन्छ भन्ने प्रश्न भने कायमै छ ।

सम्बन्धित खवर

‘लिभिङ टुगेदर’मा पनि विवाहित सरह कानून आकर्षित हुने भारतीय सर्वोच्च अदालतको व्याख्या

‘लिभिङ टुगेदर’मा पनि विवाहित सरह कानून आकर्षित हुने भारतीय सर्वोच्च अदालतको व्याख्या

भारतीय सर्वोच्च अदालतले सोमबार ठहर गरे अनुसार लिभिङ सम्बन्धमा रहेको पुरुषले महिलालाई क्रूरतापूर्ण व्यवहार...

इरानमाथि आक्रमण रोक्दै ट्रम्पले किन बदले रणनीति ?

इरानमाथि आक्रमण रोक्दै ट्रम्पले किन बदले रणनीति ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्न तयार गरिएको नयाँ सैन्य कारबाही...

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट

नयाँदिल्ली । १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउनुपर्ने माग...

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

रामबहादुर थापाले ‘भुत’ लाई मारेको मुद्दा !

मे १९५८ को एक रुमानी रातमा भारतको उडिसा राज्यमा बालासोर जिल्लाको एउटा सानो गाउँमा,...