काठमाडौं जिल्ला अदालतको भवनमा रातो स्टिकर, विस्तृत क्षति मूल्याङ्कन गर्न माग

१३ कार्तिक २०८२

काठमाडौं जिल्ला अदालतको भवनमा रातो स्टिकर, विस्तृत क्षति मूल्याङ्कन गर्न माग

काठमाडौं । जनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण क्षति पुगेको काठमाडौं जिल्ला अदालत भवनको विस्तृत मूल्याङ्कन गर्न नेपाल इन्जिनियर एसोसिएसनलाई अदालतले पत्राचार गरेको छ ।

अदालत प्रशासन शाखाबाट भदौ ३० गते जारी गरिएको पत्रमा अदालतको मूल भवनमा भएको क्षतिको प्रारम्भिक जाँचका क्रममा भवनलाई रातो स्टिकर टाँस गरिएको र भवन प्रयोग योग्य नरहेको देखिएको उल्लेख छ । भवन प्रयोग अयोग्य देखिएकाले विस्तृत क्षति मूल्याङ्कन गरी सोको प्रतिवेदन पेस गर्न जिल्ला अदालतले माग गरेको छ ।

भदौ २३ र २४ गते अदालतमा भएको आगजनी र तोडफोडबाट जिल्ला अदालतको मूल भवनमा क्षति पुगेको थियो । अदालतको संरचना पुनः प्रयोग गर्न सकिने वा नसकिने विषयमा प्राविधिक प्रतिवेदन आवश्यक देखिएको भन्दै विस्तृत मूल्याङ्कन माग गरिएको हो ।

सम्बन्धित खवर

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक...

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

प्रहरीले अनुसन्धान रोक्दा रुबीले सरकारलाई झुकाइन्‌, पाँचबुँदे सहमति

काठमाडौँ । अपहरणपछि हत्या भएको भनिएको बाँकेकी निर्मला कुर्मी प्रकरणमा न्याय माग्दै अनसन बसेकी...

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो...