संसद् भवनबाट हराएका सामान फिर्ता गर्न सचिवालयको आग्रह

जस नेपाल

१२ कार्तिक २०८२

संसद् भवनबाट हराएका सामान फिर्ता गर्न सचिवालयको आग्रह

काठमाडौं । संघीय संसद् सचिवालयले संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन) मा हालै भएको आगलागी तथा तोडफोड घटनापछि हराएका तथा आफ्नो स्वामित्वमा रहेका व्यक्तिगत सामान फिर्ता गर्न सबैलाई अनुरोध गरेको छ।

भदौ २३ र २४ गतेका दिन संसद् भवनमा आगलागी र क्षतिको घटनापछि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेलिभिजन, माइक, मिक्सचर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामग्री विभिन्न व्यक्तिहरूको स्वामित्वमा रहेको भन्ने जानकारी प्राप्त भएको सचिवालयले जनाएको छ।

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “त्यस्ता सामानहरू जुनसुकै अवस्थामा आफूसँग रहेको भए फिर्ता गर्न सहयोग पुर्‍याउन अनुरोध गर्दछौं।”  साथै, फिर्ता नगरी बसेको वा लुकाएको खण्डमा कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

सचिवालयले नागरिकलाई आवश्यक जानकारी दिन तथा सामग्री फिर्ता गर्ने कार्यमा सहजीकरण गर्न दुई जना सम्पर्क अधिकारी तोकेको छ। सम्पर्क व्यक्तिहरूमा शाखा अधिकृत सुनिल सुवाल (०१४२००१०२, ९८४११११८७६) र कम्प्युटर अपरेटर दीपेन्द्र विक्रम शर्मा (९८५५०६९१६३) रहेका छन् ।

सम्बन्धित खवर

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

एलएल.बी.नै नसकी वकील बन्न खोज्दा !

नयाँ दिल्ली । गुजरात उच्च अदालतले वकिलको नक्कल गरेको आरोपमा एकजना कानूनकी विद्यार्थीको अग्रिम...

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...