न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

१६ पुष २०८२

न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तहका न्यायाधीहरुको उल्टो फोटो छाप्ने, अप्रमाणिक भिडियोहरु हालेर न्यायाधीशको चरित्रहत्या गर्ने र अदालतमाथि अनास्था फैलाउने कार्यहरु बढ्न थालेपछि सर्वोच्च अदालतले यसविरुद्ध ‘एक्सन’ शुरु गरेको छ ।

सर्वोच्च अदालतले पुस १२ गते गृहमन्त्री ओमप्रकाश अर्याल र कानूनमन्त्री अनिलकुमार सिन्हालाई बोलाएर अदालतविरुद्ध भइरहेको नियोजित आक्रमणबारे सरकारको ध्यानाकर्षण गराएको थियो ।

पुस २ गतेदेखि न्यायाधीविरुद्ध स्टिङ अपरेशन चलाउने र जनकारवाही गर्ने धम्की दिँदै फेसबुकमा उल्टो फोटो छाप्ने व्यक्तिलाई विद्यमान कानूनवमोजिम कारवाही गर्न न्यायालयले ध्यानाकर्षण गराएको थियो । त्यसको तीन दिनपछि उक्त कार्यमा संलग्न राजकुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतले पुस १४ गते नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग पनि छलफल गरेको छ । उक्त छलफलपछि न्यायालयमाथि भइरहेको आक्रमणको विरोधमा बारले बेञ्चसँग ऐक्यवद्धतासमेत जनाएको छ ।

यही क्रममा अदालतले बुधबार पूर्वन्यायाधीशहरुसँग पनि यस विषयमा छलफल गरेको छ । अदालतको अवहेलनामा संलग्न व्यक्तिमाथि कडा रुपमा प्रस्तुत हुन पूर्वन्यायायधीशले न्यायिक नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

यसैबीच, न्यायालयले थालेको सघन छलफलका क्रममा अदालतप्रतिको जनविश्वास अभिवृद्धि गर्न आन्तरिक शुद्धीकरण र न्यायिक साक्षरतालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने सुझावहरु आएको छलफलमा सहभागी बारका एक पदाधिकारीले बताए ।

यो पनि-

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

सम्बन्धित खवर

सर्वोच्चले खारेज गर्यो संवैधानिक परिषद् अध्यादेशसम्बन्धी रिट

सर्वोच्चले खारेज गर्यो संवैधानिक परिषद् अध्यादेशसम्बन्धी रिट

काठमाडौँ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो...

अदालतमा प्रत्यक्ष प्रसारणको अभ्यासतर्फ नेपाल, गोपनीयताको हक उलङ्घन हुने बहस

अदालतमा प्रत्यक्ष प्रसारणको अभ्यासतर्फ नेपाल, गोपनीयताको हक उलङ्घन हुने बहस

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा भएको थुनछेक बहस अभिलेखीकरण...

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णु प्रसाद पौडेललाई...

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागको ई–पासपोर्ट (eMRTD) खरिद तथा छपाइ ठेक्का...