सर्वोच्चको अन्तरिम आदेशपछि धनुषा–१ का रास्वपा उम्मेदवारको नाम कालोसूचीबाट हट्ने

जस नेपाल

२८ फागुन २०८२

सर्वोच्चको अन्तरिम आदेशपछि धनुषा–१ का रास्वपा उम्मेदवारको नाम कालोसूचीबाट हट्ने

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। अदालतले कर्जा सूचना केन्द्रलाई उक्त नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका साहले उम्मेदवारी रद्द भएपछि कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । अदालतको अन्तरिम आदेशसँगै कालोसूचीबाट उनको नाम हट्ने र उम्मेदवारी कायम रहने सम्भावना बढेको कानुन व्यवसायी दिपेन्द्र झाले बताएका छन् ।

यसअघि निर्वाचन हुनुभन्दा दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध दायर रिटमाथि अदालतमा शुक्रबार थप सुनुवाइ हुने तय भएको छ ।

उता धनुषा–१ मा साहको उम्मेदवारी रद्द भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत परेको थियो । तर आयोगले सो क्षेत्रबाट मात्रिका यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ ।

सम्बन्धित खवर

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा...

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन आयोगको काम, पूर्ण इजलासमा जाने(आदेशसहित)

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले भ्रष्टाचारविरुद्धको  अभियान भनेर ल्याएको सम्पत्ति छानबिन आयोग, २०८३...

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

बेचन झा रिहा, अदालतले सजाय तोक्नुअघि नै सकियो जेलको बास !

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर दुई वर्षदेखि कारागारमा रहेका बेचन झा...

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका...