रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

जस नेपाल

३ चैत २०८२

रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको रवि लामिछानेको अभियोजन फिर्ता सम्बन्धी मुद्दा आज (मंगलबार) तेस्रो दिन पनि हेर्दाहेर्दैमा रहेको छ ।

आइतबारदेखि नियमित सुनुवाईमा चढेको यो मुद्दा तीन दिनसम्म हेर्दाहेर्दैमा रहेको हो । मंगलबार तेस्रो दिन पनि वकीलहरुको बहस नसकिएकाले निर्णय आउन नसकेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो ।

रिटमाथिको सुनुवाई जारी रहेको छ । बुधबार उपत्यकामा घोडेजात्राको विदा परेकाले वीहीबार पुनः सुनुवाई हुने र अन्तरिम आदेशसम्बन्धी निर्णय आउने स्रोतको भनाइ छ ।

यो पनि-

रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला

जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…

सम्बन्धित खवर

अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

अदालतविरुद्ध ‘राष्ट्रका गहना’ सडकमा : अभिव्यक्ति स्वतन्त्रता भर्सेस बादी समुदायको आत्मसम्मान

काठमाडौँ । सरकारको कदमविरुद्ध नागरिकहरुले आन्दोलन गर्नु स्वाभाविकै हो । चलचित्रकर्मीहरु पनि सरकारविरुद्ध सडकमा...

हिरासतमा भएको मृत्यु प्रथम दृष्टिमै दण्डभागी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

हिरासतमा भएको मृत्यु प्रथम दृष्टिमै दण्डभागी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सिन्धुलीमा प्रहरीको सुरक्षा घेरा (हिरासत) भित्रै दलित युवा...

अब सरकारी कर्मचारीको बढुवा कार्य मूल्याङ्कनका आधारमा हुने !

अब सरकारी कर्मचारीको बढुवा कार्य मूल्याङ्कनका आधारमा हुने !

काठमाडौँ । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम...