काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुर मुद्दाकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार दिएको आदेशमा प्रस्तुत प्रमाण र कागजातका आधारमा अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको उल्लेख गरिएको छ । न्यायाधीश पौडेलको एकल इजलासले सांसद शर्मालाई हिरासत मुक्त गरी अनुसन्धान अघि बढाउन नेपाल सरकारको नाममा आदेश जारी गरेको हाे ।
अदालतका अनुसार मुद्दामा पीडितको अवस्थासँग सम्बन्धित विवरण, संरक्षकको भूमिकासम्बन्धी पक्ष तथा अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणहरू पर्याप्त र निर्णायक नदेखिएकाले हिरासतमै राख्नुपर्ने अवस्था नरहेको ठहर गरिएको हो ।
आदेशमा यसअघि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयबाट समेत मुद्दा नचलाउने निर्णय भएको स्मरण गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट समेत सो निर्णयलाई समर्थन गरिएकोसमेत उल्लेख छ ।
हेर्नुहाेस् अदालतकाे आदेश –

ताजा अपडेट
फेवातालको आँगनमा लै लै…
२२ चैत २०८२रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
२२ चैत २०८२
