पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जस नेपाल

२६ चैत २०८२

पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार महराविरुद्ध विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको अभियोगमा मुद्दा अघि बढाएको विशेष अदालत स्रोतले पुष्टि गरेको छ ।

स्रोतका अनुसार अख्तियारका कर्मचारी मुद्दाको फायल बोकेर विशेष अदालत पुगेका छन् । स्रोतले जस नेपालसँग भन्यो ‘अख्तियारका कर्मचारी आउनुभएको छ । अहिले विवरण रुजु गर्ने काम भइरहेको छ । मुद्दा दर्ता कै प्रक्रियामा छ ।’

यस अघि २०७९ सालमा चिनियाँ नागरिकको सक्रियतामा भेप भित्र सुन लुकाएर नेपाल भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । जसमा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको समेत नाम जोडिएको थियो ।

याे पनि – महराविरुद्ध ७ करोड ७८ लाख बिगो मागदाबी, अख्तियारकाे आराेपपत्रमा के छ ?

सम्बन्धित खवर

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

अपाङ्गता परिचयपत्र केरमेट गरेर सरकारी कोषबाट एक लाख ९० हजार हिनामिना गरेपछि…

काठमाडौँ । पोखरिया नगरपालिका, पर्साका कर्मचारीहरूले मिलेमतोमा अपाङ्गता परिचयपत्रको वर्ग सच्याएर एक व्यक्तिलाई सामाजिक...

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

मनोरञ्जन क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन । नारायणगढस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र...

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

२४ घण्टामा दुई हजार ६६ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका...

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

बागमतीका ५ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको...