प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

जस नेपाल

२३ असार २०८३

प्रधानन्यायाधीशमा मनोज शर्मा अनुमोदित, शपथ लिएर आजै पद सम्हाल्ने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । आज (मङ्गलबार) सिंहदरबारमा भएको सुनुवाइपछि समितिले शर्माको नाम अनुमोदन गरेको हो ।

संसद्‌ सचिवालयले संसदीय सुनुवाइको विवरण राष्ट्रपति कार्यालयमा पठाउँदैछ । सचिवालयको पत्र पाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछ ।

सर्वोच्च अदालतले शर्माको शपथ साँझ ६ बजेर १० मिनेटमा हुनेगरी आवश्यक तयारी थालेको छ । शपथ लगत्तै शर्माले पद पनि आजैदेखि सम्हाल्दैछन्‌ ।

संवैधानिक परिषद्‌ले वैशाख २४ मा डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि नेपाल बार एशोसिएशनले आन्दोलन नै गरिरहेको छ ।

नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त हुन लागेका शर्मा वि.सं. २०७६ मा सर्वोच्चमा न्यायाधीश नियुुक्त भएका थिए । त्यसअघि शर्मा ०७० मा साविक पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश नियुक्त भएका थिए ।

तर संविधान जारी भएपछि उक्त पद नै खारेज भएको थियो । त्यसपछि उनले दुई वर्षभन्दा बढी समय न्यायाधीशको हैसियतमा काम गर्न पाएका थिएनन् ।

२०७२ पछि कानून व्यवसायमा नै फर्किएका शर्मालाई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको पालामा २०७६ वैशाख ६ मा सर्वोच्चको न्यायाधीश नियुक्त गरिएको थियो ।

शर्माले ‘नेपालको श्रम कानूनको सन्दर्भमा संगठन स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका छन्‌ ।

सम्बन्धित खवर

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

काठमाडौँ । सरकारले श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानूनी दायरामा ल्याउने भएको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...