उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

जस नेपाल

२३ असार २०८३

उपाधि नै नलिई डा. लेख्नेविरुद्ध मु्द्दा चलाउँदै काउन्सिल

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नक्कली डाक्टरमाथि कानून कारबाही हुने चेतावनी दिएको छ । शून्य सहनशीलता नीति बमोजिम  चिकित्सक (डाक्टर) उपाधिको अनाधिकृत प्रयोग र भ्रामक विज्ञापन विरूद्ध कडा कानूनी कारबाही गरिने काउन्सिलले जनाएको हो ।

काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य सम्बन्धित परिषदमा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिहरूले आफ्नो नामको अगाडि अवैध रूपमा प्रयोग गरेको “डाक्टर” (Dr.) उपाधि यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्ना आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सम्पूर्ण. सामाजिक सञ्जाल बाट पूर्ण रूपमा हटाइसक्न भनिएको छ ।

काउन्सिलमा दर्ता भएका चिकित्सकहरू बाहेक अन्य जुनसुकै विधा वा परिषद् मा दर्ता भएका वा नभएका व्यक्तिहरूको नामको अगाडि मात्र (Dr./डा.) उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिश गरेको पाईएमा सो कार्य यस काउन्सिलको ऐनको (२६) उपदफा (१) र दफा (२७) उपदफा (१) बमोजिमको व्यवस्था विपरित भएको ठहरिने र दफा (२६) उपदफा (३) र (२७) उपदफा (२) बमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रूपैयासम्म जरिवाना वा दुवै सजायका लागि सिफारिश गरिने काउन्सिलले जनाएको छ ।

सूचनामा तोकिएको १५ दिनको म्याद समाप्त भए लगत्तै काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट कडा अनुगमन गर्ने र सो क्रममा ऐन विपरीत अवैध रूपमा ‘Dr.’ उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा विरामी जाँच्ने/परामर्श दिने कार्य गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा (२६) र दफा (२७) बमोजिम कसूरको मुद्दा चलाउन सम्बन्धित निकायमा पेश गर्ने चेतावनी पनि काउन्सिलले दिएको छ । काउन्सिलले ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने जानकारी दिएको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को प्रस्तावनामा  बमोजिम नेपालभर आधुनिक चिकित्सा प्रणालीको वैज्ञानिक उपयोग गर्न, चिकित्सकहरूको योग्यता निर्धारण गर्न तथा सर्वसाधारणको स्वास्थ्य हितको संरक्षण गर्नु काउन्सिलको मुख्य जिम्मेवारी भएको उल्लेख छ । सोही जिम्मेवारी अनुसार काउन्सिलले पाँच वर्षअघि २०७८ कार्तिक १० मै यससम्बन्धी सूचना जारी गरेको थियो ।

ऐनको दफा (२) को परिभाषा (घ) ना मा ‘चिकित्सक भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातकोपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्तिलाई सम्झनु पर्दछ.. भन्ने उल्लेख छ । सोही ऐनको दफा (२) को परिभाषा (घ१) मा विशेषज्ञ चिकित्सक भन्नाले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिए बमोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनु पर्दछ’ भन्ने व्यवस्था छ।

यसैगरी नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्सा काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख वा लेख लाउन हुँदैन भन्ने व्यवस्था रहेको छ ।

काउन्सिलले जारी गरेको सूचना :

सम्बन्धित खवर

बाजुरा र हुम्लाको साँध विवाद : प्राविधिक अध्ययन गर्न सरकारी समिति गठन

काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सिमाना (साँध) सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी...

दरबार हत्याकाण्डको फाइल २६ वर्षपछि खोलेर सरकारले के खोज्दैछ ?

दरबार हत्याकाण्डको फाइल २६ वर्षपछि खोलेर सरकारले के खोज्दैछ ?

काठमाडौँ । वर्तमान सरकारले नेपालको आधुनिक इतिहासकै सबैभन्दा रहस्यमय र चर्चित घटनामध्ये एक मानिने...

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

बजेट के हो ? अर्थमन्त्री वाग्लेले कुन कानून समातेर ल्याउँदैछन्‌ बजेट ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४...

जफत गरिएका सवारीसाधन कहिले फिर्ता हुन्छ ? कानूनले के भन्छ ?

काठमाडौँ । नेपालका विभिन्न जिल्लाका प्रहरी कार्यालय, ट्राफिक चेकपोस्ट र अदालत परिसरमा पुग्दा एउटा...