विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

जस नेपाल

१८ असार २०८३

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार रिट खारेज गर्ने आदेश दिएको हो ।

पौडेलकी पत्नीले उनको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । तर सर्वोच्चले पक्राउ तथा हिरासत प्रक्रिया कानूनसम्मत रहेको ठहर गर्दै रिट खारेज गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरेका पौडेल हाल विशेष अदालतको अनुमति अनुसार हिरासतमा रहेका छन् । रिट खारेज भएसँगै उनीविरुद्धको अनुसन्धानलाई निरन्तरता दिने बाटो खुलेको छ ।

यस अघि आजै मात्र विशेष अदालत काठमाडौँले तेस्रो पटक म्याद थप्दै पौडेललाई थप ६ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

सम्बन्धित खवर

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

नक्कली वकीलले २६ वटा मुद्दा जितेपछि…

काठमाडौँ । वकील बन्न पक्कै पनि सजिलो छैन । वर्षौँसम्म कानूनका किताब पढेर, आवश्यक...

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

अदालतमा आज – मधेसका पूर्वमन्त्रीविरुद्ध मुद्दा, अभियन्ता केसी हिरासतमा, कर अधिकृत पक्राउ

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...

टिकटकर तुलसा अधिकारी पक्राउ, प्रहरीले थाइल्याण्डबाट नेपाल ल्यायो

काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दामा प्रहरी खोजी सूचीमा रहेकी फरार...