न्यायाधीशमाथि ‘साइबर बुलिङ’ गर्ने राजकुमार तिमल्सिना पक्राउ

१६ पुष २०८२

न्यायाधीशमाथि ‘साइबर बुलिङ’ गर्ने राजकुमार तिमल्सिना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् न्यायाधीशहरुमाथि ‘साइबर बुलिङ’ गर्दै आएका गोदावरी ललितपुरका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।

आफूलाई डार्क फाइल अभियन्ता बताउने तिमल्सिना यसअघि पनि फेक भिडियो प्रकरणमा सर्वोच्च अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनी भदौ २४ गते नख्खु कारागारबाट भागेका फरार कैदी समेत हुन् ।

तिमल्सिनाले आफ्नो फेसबुक स्टाटसमा सर्वोच्चका न्यायायाधीहरुको उल्टो फोटो छाप्नेदेखि लिएर विभिन्न व्यक्तिगत आरोपहरु लगाउँदै आएका थिए ।

बुधबार उनी पोखराबाट पक्राउ परेको अनलाइनखबरले लेखेको छ ।

तिमल्सिनाले न्यायाधीशहरुमाथि ‘जनकारवाही’ गर्ने चेतावनी दिँदै पुस २ गते देखि अदालतमा ‘स्टिङ अपरेशन’ चलाउने घोषणासमेत गरेका थिए ।

न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?

 

अदालतविरुद्ध अनर्गल प्रचार गर्दा पनि सर्वोच्च प्रशासनले गम्भीरतापूर्वक नलिएको भन्दै पूर्वन्यायाधीश ईश्वर खतिवडाले त केही न्यायकर्मीहरु लम्पसारवाद, लोकप्रियतावाद र लोक रिझ्याइँको शिकार बनेको समेत आरोप लगाएका थिए ।

पूर्वन्यायाधीश खतिवडाले फेसबुकमा स्टाटस लेख्दै भनेका थिए,‘विगतमा भए गरिएका अदालतको अवहेलनाजन्य कसूरको विषयमा केही न्यायकर्मीहरुले अपनाएको लोक–रिझाइँको शैली, निरपेक्ष उदारता, विवेकहीन लम्पसारवादको सह–उत्पादन पनि हो अहिले तिलप्रसादजीउपर लगाइएको बेतुकको लाञ्छना । कृपया स्मरण रहोस् अदालतको अवहेलनालाई हेर्ने यस्तै लम्पसारवादी र सस्तो लोकप्रियताको शैलीमा नै न्यायाधीशहरु रमाइरहने हो भने अरु कोही पनि सुरक्षित र मर्यादित रहने छैनन्, अदालत पनि अदालत जस्तो रहने छैन । आगे, पशुपतिनाथले रक्षा गरुन् ।’

यसै सन्दर्भमा सर्वोच्च अदालतले गृहमन्त्री ओमप्रकाश अर्याल र कानूनमन्त्री अनिलकुमार सिन्हालाई बोलाएर यसबारे चासो राखेको थियो । कारागारबाट भागेका व्यक्तिले अदालतमाथि गरिरहेको प्रहारलाई रोक्नका लागि सरकारलाई समेत गराएको तीन दिनपछि प्रहरीले तिमल्सिनालाई बुधबार पक्राउ गरेको हो ।

यो पनि–

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

‘सीधाकुरा’मा सर्वोच्चको व्याख्या : अदालतको अवहेलना र प्रेस स्वतन्त्रताको सीमा के हो ?

सम्बन्धित खवर

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी

काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ।...

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

हेल्लो सरकार ! बानेश्वरबाट लुटिएको १८ किलो सुनचाँदी र ५ करोड नगद खोई ?

काठमाडौँ । यतिबेला सुन र सरकारको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । प्रधानमन्त्री र...

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरामा एकल महिला हत्या प्रकरण : अंश विवाद र पारिवारिक कलहले निम्त्याएको विभत्स हत्या

पोखरा । यसैसाता पोखरामा एकल महिलाको बीच बजारमै भएको विभत्स हत्यापछि प्रहरी अनुसन्धानले पारिवारिक...

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारि करिब ९२ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९०...