साताको अदालत : सरकारका निर्णयमा लगातार ‘ब्रेक’ लगाउँदै सर्वोच्च

जस नेपाल

३ जेठ २०८३

साताको अदालत : सरकारका निर्णयमा लगातार ‘ब्रेक’ लगाउँदै सर्वोच्च

ताजा अपडेट

साताको अदालत : न्यायाधीशलाई न्याय, मेयर पक्राउदेखि प्रधानन्यायाधीशको २१ बुँदे निर्देशनसम्म

२४ जेठ २०८३

स्वास्थ्य मन्त्रालयद्वारा सर्वोच्चको आदेशको बेवास्ता, ताकेता गर्दा पनि गम्भीरता नदेखाएको तथ्य फेला

२४ जेठ २०८३

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

२४ जेठ २०८३

बार र बेञ्च

साताको अदालत : न्यायाधीशलाई न्याय, मेयर पक्राउदेखि प्रधानन्यायाधीशको २१ बुँदे निर्देशनसम्म

२४ जेठ २०८३

स्वास्थ्य मन्त्रालयद्वारा सर्वोच्चको आदेशको बेवास्ता, ताकेता गर्दा पनि गम्भीरता नदेखाएको तथ्य फेला

२४ जेठ २०८३

ट्राफिक चेकिङबाट चार लाख ९१ हजार राजस्व सङ्कलन, मापसे गरेका १५१ सवारी चालक कारबाहीमा

२४ जेठ २०८३

काठमाडौँ । यो हप्ता सर्वोच्च अदालतले सरकारका एकपछि अर्का विवादास्पद निर्णयमा ब्रेक लगाइदिएको छ । विद्यार्थी संगठन खारेजी, ट्रेड युनियन प्रतिबन्ध, सीमा नाकामा सय रुपैयाँमाथिको भन्सारदेखि अन्य महत्वपूर्ण कदमहरूलाई अल्पकालीन अन्तरिम आदेशमार्फत रोक्दै अदालतले अध्यदेशको शासनमाथि अंकुश लगाएको छ ।

तर यही बेला सर्वोच्च अदालतभित्रै न्यायाधीशहरूबीच खुल्ला रुपमा गुटबन्दी  र टकराव बढेको देखिएको छ । संवैधानिक परिषद्ले चौथो वरियताका डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि अदालत दुई कित्तामा विभक्त भएको स्पष्ट देखिएको छ ।

एकातिर सरकारका निर्णयमा न्यायिक सक्रियता, अर्कोतिर अदालतभित्रको आन्तरिक कलह – यो साता अदालत मुख्य रुपमा यिनै गतिविधिमा घुमेको छ ।

आउँ हेरौँ साताभरिमा अदालतमा के-के भयो ? 

विद्यार्थी संगठन खारेजीमा अंकुश

सर्वोच्च अदालतले अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायतले दायर गरेको रिट (०८२-WO-१२७२) माथि सुनुवाइ गर्दै विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तिम फैसला नआउँदासम्म प्रतिबन्ध लागू नगर्न भन्दै सरकारलाई कारण देखाउ आदेश पनि जारी गरेको छ ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयमा सर्वोच्चको अंकुश, अन्तिम टुंगो नलाग्दासम्म कार्यान्वयन नगर्न आदेश

सर्वोच्चको आदेश : विश्वविद्यालय सम्बन्धी अध्यादेश अब के हुन्छ ?

ट्रेड युनियन खारेजी रोक्न आदेश, इजलासमा फरक मत

सर्वोच्चको संवैधानिक इजलासले ट्रेड युनियन खारेज गर्ने अध्यादेशको दफा १० कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतले आदेश दिएका छन् भने न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले फरक मत राखेका छन् । अदालतले दुवै पक्षलाई जेठ ६ गते छलफलका लागि बोलाएको छ ।

ट्रेड युनियन अधिकार : सर्वोच्चमा पुगेको संवैधानिक प्रश्न

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी

संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी पर्न थालेका छन् ।

समितिले शुक्रबार बैठक बस्दै डा. शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । उजुरी दिने म्याद जेठ ४ गतेसम्म तोकिएको छ । उजुरी सचिवालयमा प्रत्यक्ष, इमेलमार्फत, खामबन्दी गरी सिंहदरबार वा ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पठाउन सकिने सुविधा दिइएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध तीन उजुरी

सय रुपैयाँमाथिको सामानमा भन्सार रोक्न अन्तरिम आदेश

जेठ १ मा सर्वोच्चले नेपाल-भारत सीमा नाकाबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लगाउने सरकारको निर्णयमा रोक लगाएको छ । न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले स्वास्थ्यसँग जोडिएका औषधि, न्यूनतम आवश्यकता र व्यक्तिगत प्रयोगका सामानमा भन्सार नलिन अन्तरिम आदेश दिएको हो ।

सच्चाइएको समाचार – 

१०० रुपैयाँ सीमासम्बन्धी भन्सार सूचनाको कार्यान्वयनमा अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल-भारत सीमा नाकाबाट व्यक्तिगत रूपमा ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य वस्तुमा भन्सार लगाउने सरकारको राजपत्र सूचनाको तत्काल कार्यान्वयनमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त सीमाको वैधता पूर्ण सुनुवाइमा मात्र तय गरिने बताउँदै, कार्यान्वयन गर्दा स्वास्थ्यसँग जोडिएका औषधि, न्यूनतम आवश्यकता र व्यक्तिगत प्रयोगका सामानमा संविधानको धारा १६ (आत्मसम्मानपूर्वक बाँच्ने अधिकार) को प्रतिकूल नहुने गरी सम्मानपूर्वक व्यवहार गर्नुपर्ने निर्देशन दिएको छ ।

(नोट:यसअघि समाचारमा अन्यथा पर्न गएकाले भुलसुधार माफीसहित सच्याइएको । – सं.)

हेर्नुहोस् आदेशको पूर्णपाठ-

लालीबजार’ चलचित्र विवाद : सर्वोच्चमा छलफलमा डाकियो

सर्वोच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमा विपक्षीहरूलाई छलफलका लागि डाकेको छ ।

फिल्ममा प्रयोग गरिएका केही शब्दले बादी महिलाको अपमान गरेको भन्दै डा. रोशनी नेपालीले दायर गरेको रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले वैशाख २९ गते उच्च अदालत पाटन, सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डलाई छलफलमा बोलाएको हो । उच्च अदालतले फिल्म प्रदर्शन खोलिदिएपछि सर्वोच्च पुगेकी नेपालीले उच्चको आदेश ‘बेरित’ भएको दाबी गरेकी छन् । 

प्रधानमन्त्री बालेन शाहविरुद्ध गाली बेइज्जती मुद्दा

प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ ।

नेपाल विद्यार्थी संघका नेता विकल राईले शाहले सामाजिक सञ्जालमा विद्यार्थीहरूलाई ‘स्लिपर सेल’ भनेको भन्दै मुलुकी अपराध संहिताको दफा ३०६ र ३०७ बमोजिम कारबाही माग गरेका थिए । तर अदालत प्रशासनले उक्त निवेदन दरपीठ गरिदिएको छ । 

अदालतका पदाधिकारी राजीनामा दिन तयार छैनन्

सरकारले विगतका राजनीतिक नियुक्तिका आधारमा प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेको थियो । तर सदस्यहरू शैलेन्द्रकुमार चौरसिया, कुमारी खरेल, नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठले राजीनामा दिन अस्वीकार गरेका छन् । उनीहरूले कानुनबमोजिम निर्धारित पदावधि (प्रशासकीयमा ५ वर्ष र श्रम अदालतमा ४ वर्ष) पूरा नभएसम्म राजीनामा नदिने अडान लिएका हुन् । सरकारले वैशाख २३ गते कानुन मन्त्रालयमार्फत राजीनामा माग गरेको थियो ।

ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । स्मार्ट टेलिकम प्रकरणमा वैशाख २९ गते पक्राउ परेका पाण्डेलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते रिट दायर गरेकी थिइन् । न्यायाधीश अब्द्युल अजिज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश दिएको हो भने अन्तरिम आदेश दिन भने अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियाे । अदालतले शुक्रबार नै पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिइसकेकाे छ ।

विशेष अदालतको अवहेलना मुद्दामा माफी

विशेष अदालतले ‘विशेष अदालतमा बिचौलियाको चलखेल’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै दृष्टि मिडिया प्रा.लि., अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एम.पी. सुब्बालाई अदालतको अवहेलना मुद्दामा सजाय नगरी माफी दिएको छ ।

२०८२ वैशाख ८ गते प्रकाशित समाचारमा विशेष अदालतले भ्रष्टाचारका मुद्दामा धमाधम सफाई दिइरहेको, बिचौलियाको चलखेल कायम रहेको र ‘सेटिङ’ मिलाएर मुद्दा छिटो फछ्र्योट गर्ने गरेको आरोप लगाइएको थियो ।

विशेष अदालतको ६ सदस्यीय पूर्ण इजलासले समाचारलाई अदालतको अवहेलनाजन्य ठहर गर्दै आधारहीन र एकपक्षीय रिपोर्टिङ भएको बताएको छ । तर सम्पादकहरूले असावधानी स्वीकार गर्दै क्षमा मागेको, खण्डन प्रकाशित गरेको र भविष्यमा सचेत हुने प्रतिबद्धता जनाएको कारण देखाउँदै अदालतले सजाय नदिई माफी दिएको हो ।

पत्रकारलाई अदालतको माफी, आइन्दा यस्तो नलेख्नू !

यो साता  अदालतले सरकारका विवादास्पद निर्णयदेखि न्यायपालिकाभित्रकै गुटबन्दी, मिडिया स्वतन्त्रता र आम नागरिकका दैनिक सरोकारसम्मका मुद्दाहरूलाई समेट्यो ।

यी विषयहरूको अन्तिम टुंगो कसरी लाग्छ ? सरकार र अदालतबीचको सम्बन्ध कस्तो रहन्छ ? र अदालतभित्रको आन्तरिक कलहले न्यायसम्पादनमा कस्तो प्रभाव पार्छ ? यी सबै प्रश्नको निरन्तर फलोअप साताको अदालतले हरेक आइतबार गर्नेछ ।

यो पनि –

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

साताको अदालत : सुकुमबासीको डोजरदेखि भीआईपीको उपचारसम्म

साताको अदालत : सरकारको स्वेच्छाचारितामाथि अंकुश

सम्बन्धित खवर

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर अदालतको आदेश

काठमाडौँ ।  ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा टिकटकर तुल्सा अधिकारीलाई ललितपुर जिल्ला...

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

समयमै न्यायाधीश नियुक्ति गर्न न्याय परिषद्लाई सर्वोच्चको परमादेश (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले न्याय परिषद्लाई संविधान र कानूनले तोकेको समयसीमाभित्र न्यायाधीश नियुक्तिको सिफारिस...

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व  न्यायाधीश फोरमको निर्णय

छानबिन आयोगमा सम्पत्ति विवरण पेश नगर्ने पूर्व न्यायाधीश फोरमको निर्णय

काठमाडौँ  । पूर्व न्यायाधीश फोरम नेपालले निवृत्त न्यायाधीशहरूले नयाँ गठित सम्पत्ति छानबिन आयोगमा सम्पत्ति...

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

न्याय प्रणालीको सुधार गर्न बार र बेञ्च सहकार्य जरुरी छ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेञ्चको सहकार्य...